नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङले माघी पर्वको अवसरमा कौह्रा नित्य प्रतियोगिता सम्पन्न गरेकाे छ । सिद्वलेक गाउपालिका वडा नं ६ फिसटारमा सम्पन्न प्रतियाेगिता नीलकण्ठ वडा नं २ साेह्रघर टिम प्रथम भएकाे छ ।
कार्यक्रममा वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गर्नुहुदै धादिङमा झन्डै तीस हजारकाे हाराहारीमा मगरहरूकाे जनसंख्या रहेकाे र मगर समुदायकाे भाषा , संस्कार, संस्कृति, परम्परा, संरक्षणकाे लागि मगर संग्राहलय आवश्यक रहेकाे र त्यसकाे लागि बागमती प्रदेश सरकारले सहयाेग गर्ने वताउनु भयाे । चेपाङ जातीको चेपाङ संग्राहलय, तामाङ जातीको तामाङ संग्राहलय निर्माणको चरणमा रहेको उहाँले बताउनुहुदै मगर संग्राहलय निर्माणको लागि जग्गा खोज्नुस्, संग्राहलयको निर्माण बागमती प्रदेशले गर्छ– मुख्यमन्त्री जमकट्टेलले भन्नुभयो ।
नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङ , पालिका स्तरिय समितिहरूकाे आयाेजनामा सम्पन्न प्रतियाेगितामा २२ वटा टिमकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय उपमहासचिव एकु थापा मगर , वेनिघाट राेराङ गाउपालिकाका अध्यक्ष विवेक थपलिया , सिद्वलेक गाउपालिका उपाध्यक्ष सविता अर्याल , गजुरी गाउपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ लगायतकाे विशेष आतिथ्यता रहेकाे थियाे ।






