माघे सकराती पर्वकाे अवसरपारि धादिङकाे विभिन्न स्थानहरूमा गाेरू जुधाई तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । नीलकण्ठ नगर पालिका काे खाल्टे , धुवाकाेट , ज्यामरूङमा गाेरू जुधाउने , गिर खेल्ने तथा विविध साँस्कृतिक कार्यक्रम भएकाे हाे ।

खनियावास गाउँ पालिकामा परम्परागत गाेरूजुधाई, त्रिपुरा सुन्दरी गाउँ पालिकाकाे वडा नं -६ साविककाे मुलपानी माथिल्लाे मुलावारी, ज्वालामुखि गाउँ पालिकाकाे मैदी, गल्छि गाउँ पालिका लगायतकाे स्थानमा गाेरू जुधाई तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएकाे हाे ।

माघे सकराति मुलत नेपालका आदिवासी मगर , थारूहरूले माघि पर्वकाे रूपमा मनाउने गर्दछन् । आजै नेपाल मगर संघ केन्द्रीय समिति र थरू समुदायले काठमान्डाैकाे टुडिखेलमा आ-आफ्नाे परम्परा अनुसार माघि पर्व मनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0