धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएकाे  छ । निलकण्ठ नगरपालिका-५ खाल्टेको पतेनीमा  बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि एकै परिवारकाे ५ सहित ९जना घाईते भएका छन्। दुर्घटनाको घाईतेहरूलाई सेनाकाे हेलिकप्टर मार्फत काठमान्डाै लगिएकाे छ ।

दुर्घटनामा परि एक जनाकाे घटना स्थलमै र एक जनाकाे उपचारकाे क्रममा धादिङ अस्पतालमा मृत्यु भएकाे हाे । मृत्यु हुनेमा निलकण्ठ ५ का ११ बर्षिया संताेष रम्तेल र साेहि ठाँउका ३७ बर्षिया पुरूष गाेपी भन्ने राम बहादुर रम्तेल रहेकाे धादिङ अस्पतालले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0