धादिङ – दुग्ध बिकास संस्थानले किसानबाट प्रतिलिटर रू ६५/मा खरिद गरी रू ९८ /मा दुध बिक्री गर्दा पनि घाटामा गएकाे संस्थान ले सरकारबाट गत आ.ब.मा रू ३० कराेड लिएकाेमा आधा भन्दा बढी रकम कर्मचारी तलब भत्ता मै खर्च गरेकाे ले २लाख किसानकाे ३ महिना भन्दा बढी अवधि काे रकम भुक्तानी गर्न सकिरहेकाे छैन ।
सरकारी संस्थानकाे गैर जिम्मेवारी पाराले किसानहरू पेशा प्रतिनै नैराश्यता छाई आन्दाेलित हुन बाध्य छन् । यस्ताे अवस्थामा संम्बन्धित मन्त्रालयले तुरून्त हस्तक्षेप गरी याेग्य व्यक्तिलाई नेतृत्वमा नियुक्त गर्न अति आवश्यक देखिन्छ ।





