धादिङ । शितल छहारी नेपाल धादिङले स्वावलम्वि बहिरा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जुत्ता वितरण गरेको छ । नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको स्वावलम्वि आधारभुत बहिरा विद्यालयको विद्यार्थिहरुका लागि संस्थाको सहयोगमा जुत्ता वितरण गरिएको हो ।

विद्यालका विद्यार्थीहरुलाई जाडोवाट सुरक्षित राख्न र सहजताको लागि जुत्ता वितरण गरिएको शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले वताउनु भयो । विद्यालयमा आयोजित जुत्ता वितरण कार्यक्रमलाई सम्वोधन गदै शितल छहारी नेपाल यो विद्यालयको लागि ठुलो सहयोगि भएको र अभिभावकको रुपामा यस बिद्यालयले हेरेको विद्यालयका प्रधानाध्यापक राम प्रसाद रिजालले वताउनु भयो ।

जिल्ला समन्वय समिति धादिङका सदस्य राम प्रसाद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३९ थान जुत्ता तथा मोजा वितरण गरिएको छ । कार्यक्रममा नेपाल मानव अधिकार संगठन धादिङका सभापति कृष्णराज अधिकारी, वडा सदस्य विमला वराईली, शितल छहारी नेपालका सल्लाहकार वालकृष्ण नेपाली, शितल छहारी नेपालका उपाध्यक्ष बिक्रम पौडेल , पत्रकार ईश्वर थापा मगर लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका सदस्य राम प्रसाद रिजालले विद्यालयका वालवालिकाहरुलाई जाडोमा कफि बितरण गर्नलाई नगद रकम समेत हस्तान्त्रण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0