ईश्वर थापा मगर
धादिङ, पौष २२ – धादिङ उद्योग वाणिज्य संघको ३१ औं साधारणसभा तथा ११ औं अधिवेशन पौष २६ र २७ गते धादिङबेसीमा हुने भएको छ। यस महत्त्वपूर्ण अधिवेशनमा बरिष्ठ उपाध्यक्ष पदका लागि रोहित भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उद्योग र वाणिज्य क्षेत्रको प्रगतिमा लामो समयदेखि सक्रिय भण्डारीको उम्मेदवारीलाई बलियो रूपमा हेरिएको छ। संघभित्र उनले पुर्याएको योगदान, नेतृत्वदायी क्षमता, र व्यवसायीक समुदायसँगको नजिक सम्बन्धले उनलाई यो पदका लागि योग्य उम्मेदवारका रूपमा स्थापित गरेको छ।
आफुले संघको गतिविधिमा निरन्तरता र प्रभावकारीताका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै व्यवसायीक समुदायको आवाज बुलन्द गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्रिकोण खवरसंग कुराकानी गर्दै स्थानीय उद्यमीहरूको समस्या समाधान, व्यवसाय विस्तार, र आधुनिक व्यापारिक प्रणालीको विकासलाई प्राथमिकतामा राख्ने भण्डारीले बताउनुभयो।
संघको आगामी नेतृत्व चयनमा भण्डारीको उम्मेदवारीले नयाँ सोच र योजनाहरूको अपेक्षा गरिएको छ। व्यवसायीक समुदायले उनलाई यो पदमा निर्वाचित गर्न सकारात्मक दृष्टिकोण व्यक्त गर्दै समर्थन जनाएका छन्।
धादिङ उद्योग वाणिज्य संघको यो अधिवेशनले संघको भावी नेतृत्वलाई निर्धारण गर्ने मात्र नभई जिल्लाको व्यवसायीक परिदृश्यलाई समेत नयाँ दिशा दिने विश्वास गरिएको छ।
यो अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा जित हाँसिल गरेमा पछिल्लो अधिवेशनमा स्वत अध्यक्ष हुने कानुनी व्यवस्थाको कारण पनि यो पदमा धेरैको चासो रहने गरेको छ ।






