कृष्ण बद्री पाैडेल
धादिङ ।
कर्मचारी कल्याण बहुउदेश्यीय सहकारी संस्था लि. धादिङको १७ औँ बार्षिक साधारण सभा तथा छैटौ अधिबेशन सम्पन्न भएको छ ।आज धादिङवेसी स्थित जिल्ला समन्वय समिति धादिङको सभाहलमा सम्पन्न अधिवेशनले राममणी मिश्रको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

अधिबेशनबाट संस्थाको उपाध्यक्षमा बालकृष्ण नेपाली, महिला उपाध्यक्षमा लक्ष्मी नहर्की छत्कुली, सचिवमा पदमराज अधिकारी, कोषाध्यक्षमा पुण्यवती खकुराल, सह–सचिवमा रण बहादुर श्रेष्ठ निर्वाचित हुनु भएको छ । त्यसैगरी सहकारी संस्थाको संचालक सदस्यहरुमा प्रकाश सापकोटा, रामप्रसाद नेपाल, शिवराज दुवाडी, ऋषिराम ढुगांना, कृष्ण कुमार श्रेष्ठ, राधिका लम्साल, मित्र प्रसाद रिजाल रहनुभएको छ ।

अधिबेशनले कृष्ण बद्री पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । लेखा सुवरिवेक्षण समितिको सदस्यहरुमा जयराम अर्याल र चमेली गुरुङ निर्वाचित हुनुभएको छ । त्यसैगरी अधिबेशनले ऋण उप–समितिको संयोजकमा प्रकाश सापकोटा र सदस्यहरुमा हरेराम शाह,समिता श्रेष्ठलाई निर्वाचित गरेको छ ।
त्यस्तै अधिबेशनले सहकारी संस्थाको शिक्षा उप–समितिमा कृष्ण कुमार श्रेष्ठ र केदारनाथ कोईराला र ऋण अनुगमन उप–समितिमा मित्र प्रसाद रिजाल र मो. रकिम अन्सारीलाई निर्वाचित गरेको छ ।
कर्मचारी कल्याण बहुउदेश्यीय सहकारी संस्था लि.को १७ औँ बार्षिक साधारण सभा तथा छैटौ अधिबेशन संस्थाका अध्यक्ष परशुराम सुवेदीको सभापतित्व तथा सहकारी संस्थाका जेष्ठ सदस्य केदारनाथ कोईरालाको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समितिका सदस्य रामप्रसाद रिजालको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
जम्मा १५४ जना शेयर सदस्य रहेको कर्मचारी कल्याण बहुउद्देश्य सहकारी संस्थामा कुल पूँजी १ करोड ५० लाख रहेको छ। सेवानिर्मित भूतपूर्व कर्मचारीहरू ६० जना र बहालवाला कर्मचारीहरू यस सहकारी संस्थाको शेयर सदस्य रहेका छन्।








