ईश्वर थापा मगर
धादिङ । माघी पर्वको अवसर पारी नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङ मा मकर संक्रान्ति बृहत सांस्कृतिक कार्यक्रम माघ १ गते माघे संक्रान्तिको दिन हुने भएको छ।
स्थानीय स्तरमा माघीपर्वको विशेष महत्व रहेको कारण माघी पर्वलाई अझ विशेष र मनोरञ्जनपूर्ण बनाउनको निमित्त मकर संक्रान्ति वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बि ई इन्टरटेन्मेन्टले बताउनुभयो । यस्ता मेला महोत्सव र कार्यक्रमहरूले कला र संस्कृति जगेर्नाको निमित्त महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले आफूहरूले मागी पर्वको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको धमलाले बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा हुने मकर संक्रान्ति विरोध सांस्कृतिक कार्यक्रम २०८१ मा चर्चित लोकदोहोरी गायक गायिकाहरू सुकदेव अधिकारी, भीमसेन खतिवडा, उद्धव कार्की, लक्ष्मी दर्नाल, रिया खड्का, रति खड्का लगायतका चर्चित कलाकारहरूले प्रस्तुति दिने आयोजकले बताएको छ। कार्यक्रममा स्थानीय कलाकारहरू शिव लामिछाने, सलिना गुरुङ लगायतको प्रस्तुति रहनेछन्। कार्यक्रमको मुख्य आकर्षणको रुपमा गोरु जुदाई नेवारी पन्चेबाजाको प्रस्तुति साथै स्थानीय बालप्रतिभाहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
स्थानीय सरस्वती युवा क्लब नीलकण्ठ नगरपालिका ११ ज्याम्रुङले आयोजना गर्ने कार्यक्रममा नीलकण्ठ नगरपालिकाको विशेष सहयोग र नीलकण्ठ नगरपालिका वडा नम्बर ११ को सहकार्यमा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको हो।






