ईश्वर थापा मगर
५ माघ, धादिङ ।

ठुलाे प्रतिस्पर्धी पाटी नेकपा एमाले र नेपाली काँग्रेस सत्ता साझेदारीमा रहेकाे अवस्थामा एमाले र काँग्रेसकाे सत्ता समिकरण २०८४ सम्म जाने नेपाली काँग्रेसका सहमहामन्त्री तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले बताउनु भयाे ।

नेपाली काँग्रेसकाे र एमालेकाे सत्ता सहकार्य  अवसर र चुनौती दुवै रहेको बताउदै मन्त्री पाण्डेले सत्ता साझेदार नेपाली र एमालेसंग सत्ता संचालनमा सहकार्य निरन्तर रहने र २०८४ काे  निर्वाचनमा प्रतिस्पर्धा हुने बताउनुभयाे ।

शनिबार धादिङमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ धादिङको दोश्रो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले एमालेसङ्ग सहकार्य र प्रतिस्पर्धा दुबै रहेको बताएका हुन् ।

एमालेसङ्ग सहकार्य र प्रतिस्पर्धा दुबै हुन्छ । २०८४ सम्म यहि गठबन्धन गरेर लैजान सहकार्य हुन्छ । सुशासन, भ्रष्टचार न्युनिकरण र  सरकारलाई स्थायित्व दिन गठबन्धन आवश्यक छ´ उनले भने- `२०८४ को निर्वाचनमा प्रतिस्पर्धा अवस्यंभावी छ । वडादेखि प्रधानमन्त्रीसम्म कसले राम्रो काम गर्यो भनेर प्रतिस्पर्धा हुन्छ । अनि चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । त्यसैले, पार्टीलाई सुदृढीकरण, बलियो र मजबुद बनाएर लैजानु पर्छ । यसमा सबै लागौं ।´

त्यस्तै, संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको उनले बताए । नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसारलाई तीव्र बनाउनुपर्छ । नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउने अवसर रहेको छ´ उनले भने–‘नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउनुपर्ने छ । हामीसँग जोडिएका संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौं ।

प्रधानमन्त्री, अर्थमन्त्री, कानूनमन्त्रीसहित पर्यटनसँग जोडिएका मन्त्रालयहरुसँग समन्वय गरेर १० वर्षे कार्ययोजना तयार गरेर नेपालको पर्यटन क्षेत्रमार्फत नेपालको अर्थतन्त्रमा योगदान हुनेगरी मन्त्रालयले काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0