गर्भे बहादुर मिजार
त्रिकोण संवाददाता

धादिङ- माघ ५ गते, नेपाली काँग्रेसको भातृ संस्था राष्ट्रिय लाेकतान्त्रिक अपाङ्ग सघ, धादिङको आज सम्पन्न अधिवेशनबाट लक्ष्मण पण्डित सर्वसम्मत अध्यक्ष निर्वाचित भएका छन् ।

राष्ट्रिय लाेकतान्त्रिक अपाङ्ग सघ, धादिङको अध्यक्ष अस्विन लम्सालकाे सभापतित्व भएको उद्घघाटन कार्यक्रममा प्रमुख अतिथिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, विशेष अतिथिमा कृषि तथा पशुपंक्षि विकास मन्त्री रामनाथ अधिकारी, विशेष अतिथिमा नेपाली काङ्ग्रेसका  भू पु सभापति रमेश धमला, अतिथिहरूमा महासमिति सदस्यहरू, तरूण दल धादिङका अध्यक्ष गाेपाल विश्वकर्मा, नेपाली काङ्ग्रेस धादिङका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य हरू युवा नेता दिपक काेइराला लगायत अपाङ्गता भएका व्यक्तिहरू प्रतिनिधिकाे रूपमा जिल्लाका पालिकाहरूबाट उपस्थिति रहेकाे थियाे ।

शनिबार भएकाे राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ धादिङको दोश्रो जिल्ला अधिवेशनकाे उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले एमालेसङ्ग सहकार्य र प्रतिस्पर्धा दुबै रहेको बताएका हुन् । `एमालेसङ्ग सहकार्य र प्रतिस्पर्धा दुबै हुन्छ । २०८४ सम्म यहि गठबन्धन गरेर लैजान सहकार्य हुन्छ । सुशासन, भ्रष्टचार न्युनिकरण र  सरकारलाई स्थायित्व दिन गठबन्धन आवश्यक छ´ उनले भने- `२०८४ को निर्वाचनमा प्रतिस्पर्धा अवश्यभावी छ । वडादेखि प्रधानमन्त्रीसम्म कसले राम्रो काम गर्यो भनेर प्रतिस्पर्धा हुन्छ । अनि चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । त्यसैले, पार्टीलाई सुदृढीकरण, बलियो र मज्बुद बनाएर लैजानु पर्छ । यसमा सबै लागौं । त्यस्तै, संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको उनले बताए ।

नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिको देश भएकाले नेपालको पर्यटनको प्रचारप्रसारलाई तीव्र बनाउनुपर्छ । नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउने अवसर रहेको छ´ उनले भने–‘नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानीसँगै लाखौं पर्यटकहरु भित्र्याउनुपर्ने छ । हामीसँग जोडिएका संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौं ।

पर्यटनसँग जोडिएका मन्त्रालयहरुसँग समन्वय गरेर १० वर्षे कार्ययोजना तयार गरेर नेपालको पर्यटन क्षेत्रमार्फत नेपालको अर्थतन्त्रमा योगदान हुनेगरी मन्त्रालयले काम गरिरहेको छ र सन् २०२५ देखि २०३५ सम्मलाई पर्यटन वर्षको रूपमा मनाउने याेजना तयार पारी रहेकाे बताए । अबकाे सरकारले अपाङ्गता भएका व्यक्तिका लागि पेन्सनकाे व्यवस्था गर्नु पर्ने बताए ।

संघकाे नयाँ कार्यसमितिमा लक्षमण पण्डितकाे अध्यक्षतामा १३ सदस्यहरू प्रत्येक पालिकाबाट र अन्य सदस्यहरू कार्यसमितिले चयन गर्नेछ । त्यसै गरि महाधिवेशन प्रतिनिधिहरूमा क्षेत्रगत रूपमा लक्ष्मण पण्डित,अस्विन लम्साल,कृष्ण प्रसाद खतिवडा (नेवि), रामप्रसाद अधिकारी, राेजिता तामाङ, कृष्णप्रसाद लुईटेल, निशा परियार रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0