ईश्वर थापा मगर
धादिङ । धादिङ सिर्जना प्रतिष्ठानको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ ।

विहिबार सम्पन्न भएको उक्त अधिवेशनले काशिका अर्याल(सृजना) को अध्यक्षतामा १५ सदस्यिय नयां कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा नवराज सापकोटा, सचिवमा रोशन कोईराला(अविरल), सह–सचिवमा शिरिषा बस्नेत र कोषाध्यक्षमा प्रगती अर्याल चयन हुनुभएको छ ।

त्यसै गरि सदस्यहरुमा प्रविन घिमिरे, राम प्रसाद अर्याल, रोजिना ढकाल, प्रतिमा अर्याल, अञ्जना सिलवाल, शरण रेग्मी, गौरी ढुङ्गाना, प्रकाश सापकोटा, अमृत अधिकारी, र सम्झना नेपाल कोईराला चयन हुनुभएको छ ।
धादिङ सिर्जना प्रतिष्ठानको निवर्तमान अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् महाकाव्यकार डा.नवराज लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।






