धादिङ । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङको अध्यक्षमा बद्री प्रसाद कोईराला मनोनित हुनुभएको छ । त्यसैगरी आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङको संचालन तथा ब्यवस्थापन समितिको सदस्यमा कृष्णराज अधिकारी मनोनित हुनुभएको छ ।

बागमती प्रदेश सरकार,स्वास्थ्य मन्त्रालयको मिति २०८१ साल फागुन ११ गतेको मन्त्रिस्तरको निर्णय अनुसार नीलकण्ठ नगरपालिका वडा न ८ निवासी कोईरालालाई आयुर्वेद अस्पतालको अध्यक्षमा मनोनित गरेको हो ।

प्रदेश स्वास्थ्य सेवा २०७५ को पहिलो संसोधन २०८१ को दफा २६ (ख),उपदफा २ को काम कर्तब्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न दफा २६ (क) उपदफा ९ बमोजिम पदावधि कायम हुनेगरि दफा २६ (क) उपदफा २ बमोजिम आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङको संचालन तथा ब्यवस्थापन समितिको अध्यक्षमा मनोनित हुनुभएको छ ।

मन्त्रीस्तरको यहि फागुन १२ गतेको निर्णय अनुसार नीलकण्ठ नगरपालिका वडा न ७ तल्लोबेशी निवासी अधिकारी सदस्य पदमा मनोनित हुनुभएको छ । अधिकारी बार एसोसियन धादिङका पुर्व अध्यक्ष तथा मानव अधिकार संगठन धादिङको सभापति तथा त्रिकोण खवर डटकमका प्रधान सम्पादक समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0