धादिङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) निलकण्ठ बहुमुखी क्याम्पस इकाइ कमिटीको छैटौं सम्मेलन सम्पन्न भएको छ।
साेमवार नीलकण्ठ बहुमुखी क्याम्पस धादिङमा आयाेजित सम्मेलनले संगीत तामाङको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवगठित कार्यसमितिहरुको नामावलीहरु
अध्यक्ष: संगीत तामाङ
उपाध्यक्षहरू: सरस्वती बि.क.
निरोज श्रेष्ठ
शिशिर तामाङ
सचिव: दीक्षा श्रेष्ठ
सह-सचिवहरू: प्रभाकर रिजाल
कृष्टिका नेपाली
करिना बि.क.
कोषाध्यक्ष: मिना श्रेष्ठ सहित अन्य ३१ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
सम्मेलनमा विद्यार्थी संगठनको सशक्तीकरण, शैक्षिक सुधार, तथा विद्यार्थी अधिकार संरक्षणका विषयमा छलफल गरिएको थियो। नवगठित कार्यसमितिले विद्यार्थी समस्याहरूलाई उठान गर्दै शैक्षिक तथा संस्थागत सुधारका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्मेलनले संगठनलाई अझ सशक्त बनाउन तथा विद्यार्थी आन्दोलनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
नयाँ नेतृत्व चयन भएसँगै संगठनलाई अझ सक्रिय बनाउने तथा विद्यार्थी हकहितका मुद्दाहरूलाई प्रभावकारी रूपमा अघि बढाउने अध्यक्ष संगीत तामाङले प्रतिबद्धता व्यक्त गरेकाे छ।
उद्दप रिजलकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अथिती मनराज भण्डारी नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक बिश्वकर्म बागमती प्रदेश सद्स्य बिमल तामाङ नेकपा माओवादी केन्द्र नीलकण्ठका नि बर्तमान अध्यक्ष शम्भु कुमार श्रेष्ठ र हालको अध्यक्ष अमृत साथै अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष श्री कृष्ण रिजाल लगायतको उपस्थिति रहेकोे थियोे ।






