शनिबार, २१ कार्तिक २०८३

पोखरामा ईभिमाइक्रो बस दुर्घटनामा मृत्यु भएकाहरु सबैको सनाखत , तिनै जना धादिङको भएको पुष्टि

३८ पटक पढिएको
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

धादिङ । पोखरा वडा नं. ३२ लामेआहालमा दिउँसो भएको ईभी माइक्रोबस दुर्घटनामा परी मृत्यु हुने ३ जनाको नाम वतन खुलेको छ ।

धादिङबाट पोखरा आउँदै गरेको इलेक्ट्रिक माइक्रो पृथ्वी राजमार्ग सडक खण्डको लामेआहालमा दिउँसो साढे ३ बजे दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुने सबै धादिङ स्थायी ठेगाना भएका छन् । गंगाजमुना फुलखर्क स्थायी घर भएकी हेम्जा निवासी ५१ वर्षीया झाङमाया गुरुङ, नीलकन्ठ नगरपालिका वडा नं. २ का १५ वर्षीय अगम गुरुङ र ज्वालामुखी वडा नं. ५ की ४५ वर्षीया तिल कुमारी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग१ज ८६३० नम्बरको उक्त बसमा सवार ११ जनामध्ये अन्य ८ जना घाइते छन् । घाइते हुनेहरूमा हाइस चालक पोखरा महानगरपालिका–१४ बस्ने ४६ वर्षीय रमेश प्रसाद ढुंगाना, उनकी श्रीमती ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको निलकण्ठ नगरपालिका–४ का २४ वर्षीय राज कुमार परियार, कास्की पोखरा महानगरपालिका–२५ का ३२ वर्षीय सानुबाबु गुरुङ र धादिङ निलकण्ठ नगरपालिका–१३ का ३५ वर्षीय राजु मगर रहेका छन्।

घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ७ जनालाई  पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो । एक जनालाई सिटीस्क्यानका लागि मणिपाल शिक्षण अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।