काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोत तथा संगीतकार संघ दुबै स्रोतले जनाएका छन् ।

७८ वर्षीय रसिक ५ वर्षदेखि प्रोस्टेट क्यान्सरले पीडित थिए । उनका भाइ नाता पार्ने संगीतकारवसन्त मुकारुङका अनुसार क्यान्सर अस्पतालमै रसिकको बिहान ११ बजेतिर निधन भएको हो ।

गणेश रसिक (वास्तविक नाम: गणेशकुमार राई) हुन् । नेपाली साहित्यका कथाकार, कवि र गायक पनि हुन् । यीनको जन्म भोजपुर जिल्लामा भएको हो । पछि उनी इलाम जिल्लामा बसोबास गर्न पुगे । रसिकले इलाममा विष्णु नविन लगायतका साहित्यकारहरूसित साहित्य क्रियाकलाप सुरु गरेका थिए । उनको पुस्तक दसगजामा उभिएरले २०६३ सालमा पहिलो पद्यश्री साहित्य सम्मान प्राप्त गर्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0