धादिङ, असार २४
असार २४ गते विहान त्रिशुली नदीको उपल्लो भेगमा भएको लगातारको अति भारी वर्षाका कारण नदीको जलसतह बढ्दै गएकाले त्रिशुली नदी र आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार रसुवाको उत्तरी भेग हुँदै नुवाकोट जिल्लामा पर्ने त्रिशुली नदीको बेत्रावती जलमापन केन्द्रमा विहान ६:३० बजे जलसतहले सतर्कता तह पार गरेको छ। नदिमा पानीको बहाव बढ्दो क्रममा रहेकाले त्रिशुली नदी किनारका दुवै तर्फका क्षेत्रहरुमा डुबान तथा कटानको जोखिम बढेको विभागले जनाएको छ।

भारी वर्षाका कारणले सडक तथा पुलहरूमा समेत क्षति पुगेको जानकारी प्राप्त भएको छ। विशेषगरी नुवाकोट र धादिङको त्रिशुली किनार आसपासका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

बाढी, पहिरो वा अन्य जोखिमको संकेत देखिएमा तत्काल नजिकैको सुरक्षा निकाय वा प्रहरीको १०० नम्बर तथा बाढी सूचना हटलाइन १०१४ मा सम्पर्क गर्न  जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरिएको छ।

सरकार र सम्बन्धित निकायहरूले स्थिति अनुगमन गरिरहेको जनाउँदै सबै नागरिकलाई सचेत र जिम्मेवार रहन अपील गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0