सुर्खेत — सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चु बजारबाट करिब ५ किलो ५४० ग्राम अफिमजस्तो देखिने अवैध लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्। जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जय बहादुर बस्नेतलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई विशेष सूचनाका आधारमा छिन्चु बजारबाट शंका लागि जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारेको बताइएको छ।

पक्राउ परेका बस्नेतलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीले पछिल्लो समय अवैध लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणमा कडाइ गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0