गजुरी, आदमघाट :- श्रावण २५
आज गजुरी गाउ पालिका वडा न ६ आदमघाटमा एक कार्यक्रम गरी आदमघाट बजार क्षेत्र र सडक आसपासमा २०० वटा बिरुवा रोपियो ।

क्लबले औपचारिक कार्यक्रम गरेर बृक्षारोपन गरेको हो , क्लबका अध्यक्ष  लायन शालिग्राम तिमल्सेनाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गजुरी गा पा अध्यक्ष गणेशलाल श्रेष्ठ , लायन्स क्लब ईन्टरनेश्नल ३२५ आई का डिष्ट्रीक चिफ  एडमिनिष्टेटर लायन   युबराज खनाल , वडा न ६ का वडा अध्यक्ष  भक्त बहादुर लामा,  ३२५ आई ५ न का रिजन चियर पर्सन  लायन कृष्ण बद्री पौडेल , लायन्स क्लब अफ धादिङ भैरबीका अध्यक्ष लायन बद्री अधिकारी , लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष लायन महेश रिजाल , शसस्त्र प्रहरी बलका टोली  , जनपथ प्रहरी , बन  उपभोक्ता समिति का अध्यक्ष लगाएतको आतिथ्यता रहेको थियो ।

गजुरी गा पा का अध्यक्ष गणेश लाल श्रेष्ठ ले सहकार्य गरी काम गर्ने बत्ताउनु भयो , लायन युबराज खानालले लायन्स क्लब १०७ वर्ष पुरानो सस्था हो र  बिश्वको  २१० वटा देशमा रहेको र नेपालमा भएको १५ वटा डिष्ट्रीक मध्ये ३२५ आई बिश्वमा सबै भन्दा  राम्रो र उत्कृष्ट  हो भन्नु भयो , क्लबका अध्यक्ष लायन शालिग्राम तिमल्सेनाले सबैको सहयोगमा आगामी दिनमा अझ राम्रो गर्दै जाने बत्ताउनु भयो ।

धुपी , कपुर , अशोक लागएतको बिरुवा  रोपियो  । क्लबले बिरुवाको सुरक्षा को लागी जालीले समेत छेकबार लागाएको र बजार वासीलाई पानी राखी दिन अनुरोध समेत गरेको छ । धादिङमा पछिल्लो समय लायन्स क्लब अफ धादिङ भैरबी बने पछी लायन्सको कार्यक्रम देखिन थालेको स्थानियहरु बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0