कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन्। आइतबार दिउँसो नुहाउने क्रममा बगेका उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजी गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–११ की अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त आइतबार दिउँसो करिब १ः३० बजे नदीमा नुहाउने क्रममा अचानक बगेका हुन्। तत्काल स्थानीयवासी र सुरक्षाकर्मीले खोजी प्रयास गरे पनि उनीहरू फेला परेनन्।

“घटनापछि तत्काल टोली परिचालन गरी खोजी सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा खोजी जारी रहेको,” जिल्ला प्रहरी कार्यालयले बताएको छ।

महाकाली नदीमा वर्षायाममा पानीको बहाव तीव्र हुने भएकाले स्थानीयलाई सावधानी अपनाउन प्रहरीको आग्रह छ। घटनास्थल वरपर सुरक्षाकर्मीले थप सतर्कता बढाएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0