काठमाडौं – नेपाली कांग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन भदौ ३० र ३१ गते काठमाडौंको सानेपामा सम्पन्न भएको छ। महाधिवेशनबाट ईच्छु राम राना मगरलाई सर्वसम्मत रूपमा सभापतिमा चयन गरिएको छ।

महाधिवेशनले ३२ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ जसअन्तर्गत ३ उपसभापति, १ महामन्त्री, ३ सहमहामन्त्री र १ कोषाध्यक्षसहितका पदाधिकारी निर्वाचित भएका छन्।

शुक्रबार सानेपा पार्टी कार्यालयमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्दै कांग्रेसले सम्पूर्ण जातजाति र समुदायलाई एकताबद्ध गर्दै लैजान सके मात्र वास्तविक प्रजातान्त्रिक पार्टीको परिचय पाउने बताए।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य दिलमान पाख्रिन लगायतको उपस्थिति थियो।

निर्वाचन पदाधिकारी तथा सदस्यहरूकाे नामावली
1 सभापति इच्छु राम रानामगर खोटाङ
2 उपसभापति कृष्ण थापामगर काठमाडौं
3 उपसभापति (महिला) उमा थापामगर बाँके
4 उपसभापति जनक ब. थोंगामगर रोल्पा पश्चिम
5 महामन्त्री राम ब. थापामगर धादिङ
6 सहमहामन्त्री खडक ब. थापा बागलुङ
7 सहमहामन्त्री हर्सत पुन सुर्खेत
8 सहमहामन्त्री (महिला) सरिता रानामगर धादिङ
9 कोषाध्यक्ष गायत्रि राना मगर काठमाडौं
10 सदस्य खुला भमेन्द्र बहादुर बृज्मा मगर उदयपुर
11 सदस्य खुला नाम ब. मगर सिन्धुली
12 सदस्य खुला भानु ब. मगर रामेछाप
13 सदस्य खुला रमेश थापामगर चितवन
14 सदस्य खुला सुरेश थापामगर कञ्चनपुर (पूर्व)
15 सदस्य खुला देवी कुमारी बुढा प्युठान
16 सदस्य खुला गोपाल रानामगर पाल्पा
17 सदस्य खुला नारायण लिम्बु दाङ
18 प्रदेश सदस्य कोशी जगत ब. रानामगर भोजपुर
19 प्रदेश सदस्य कोशी (महिला) सकुन्तला मगर ओखलढुंगा
20 प्रदेश सदस्य मधेश भगवानी ब. वलमीयमगर रौतहट
21 प्रदेश सदस्य मधेश (महिला) चन्द्रक कुमारी मगर बारा
22 प्रदेश सदस्य बागमती बुद्धि ब. पुलामीमगर रामेछाप
23 प्रदेश सदस्य बागमती (महिला) उर्मिला कुमारी पुलामी मकवानपुर
24 प्रदेश सदस्य गण्डकी याम बहादुर राना स्याङ्जा
25 प्रदेश सदस्य गण्डकी (महिला) केशा कुमारी राना तनहुँ
26 प्रदेश सदस्य लुम्बिनी प्रेम बहादुर कामुन्मगर नवलपरासी
27 प्रदेश सदस्य लुम्बिनी (महिला) धन कुमारी राना गुल्मी
28 प्रदेश सदस्य कर्णाली कमल बर्तामगर सल्यान
29 प्रदेश सदस्य कर्णाली (महिला) चन्द्रा आलेमगर सुर्खेत
30 प्रदेश सदस्य सुदूरपश्चिम प्रेम ब. झलामगर कैलाली
31 प्रदेश सदस्य सुदूरपश्चिम (महिला) रिना देवी मगर कञ्चनपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0