काठमाडौं, असोज ११ ।
राष्ट्रिय परीक्षा बोर्डले २०८२ साल असोज ११ गते (२०७९/२०८२ शैक्षिक सत्रअनुसार) कक्षा १० को २०८१ सालको पुरक (ग्रेड बढाउने) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डले दिएको तथ्याङ्कअनुसार यसपटक परीक्षामा सहभागी १,४३,२५७ जना मध्ये ८३,५६४ जना परीक्षार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् भने ५९,६९३ जना अवग्रेडेड (अनुत्तीर्ण) भएका छन्।

ग्रेडेड विद्यार्थीहरुलाई राष्ट्रिय परीक्षा बोर्डले बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्रामा सफलता कामना गरेको छ।

नतिजा प्रकाशनका क्रममा परीक्षा व्यवस्थापन कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने शिक्षक, अभिभावक, बोर्डका शाखा, प्रदेश र जिल्ला तहका परीक्षा समितिहरु, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायतका निकाय तथा सञ्चारमाध्यमलाई समेत बोर्डले आभार व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0