धादिङ, असोज १० ।
नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्ला बजार अनुगमन समितिले बजार अनुगमनलाई तिव्र पारेको छ। उपभोक्ता ठगिन सक्ने सम्भावना बढ्ने भएकाले समितिले आइतबार निलकण्ठ नगरपालिका–३ र ८ मा सञ्चालित खाद्यान्न, तरकारी पसल तथा होटलहरुको अनुगमन गरेको हो।

अनुगमनको क्रममा वडा नं. ८ स्थित गुप्ता सप्लायर्सलाई ५ हजार रुपैयाँ र वडा नं. ३ स्थित पोखरेल किराना पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, तुलसी सप्लायर्सलाई १५ हजार रुपैयाँ र एवान मिठाई एण्ड खाजा घरलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

उपभोक्तालाई झुक्याएर म्याद गुज्रिएका सामान बिक्री गर्ने, अखाद्य बस्तुमा रङ प्रयोग गर्ने, पसलमा सरसफाइ नहुने, खरिद–बिक्रीमा बिल प्रयोग नगर्ने तथा आवश्यक मापदण्ड पूरा नगरी सञ्चालन गर्ने जस्ता कारण देखाएर ती पसललाई कारबाही गरिएको हो।

जिल्ला बजार अनुगमन समिति धादिङका संयोजक तथा उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरीले अनुगमन निरन्तर रहने र उपभोक्ताको हकहित सुरक्षित गर्ने कार्यलाई प्राथमिकता दिने जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0