धादिङ, असोज २२।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला समिति धादिङले जिल्लाभर ‘डिजिटल फोर्स’ नामक टोलस्तरीय सुरक्षा दस्ता तयार गर्ने भएको छ। नेकपा एमाले धादिङका सचिव अर्जुन गोर्खालीका अनुसार १३ वटै स्थानीय तहका प्रत्येक टोलमा आधुनिक नयाँ पुस्तालाई समेटेर सो दस्ता गठन गरिने तयारी गरिएको हो।

सचिव गोर्खालीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, आतंकवाद र अराजकतावादले ग्रसित हुलियाबाट, गाउँबस्तीहरूको सुरक्षाका लागि, सुसासन, शान्ति, सुरक्षा र अमनचैन कायम गर्न हामीले ‘डिजिटल फोर्स’ तयार गर्ने निर्णय गरेका छौं।”

यसअघि एमाले धादिङले जारी गरेको प्रेस वक्तव्यमा हालको सरकारले पार्टी अध्यक्ष लगायत नेताहरूलाई आधारहीन आरोपमा धरपकड गर्दै देशमा भय र त्रास सिर्जना गर्न खोजेको आरोप लगाएको थियो। वक्तव्यमा यस्तो कार्य तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको र विरोधका कार्यक्रमका लागि सडकमा उत्रने चेतावनी पनि दिइएको छ।

पार्टीका जिल्ला अध्यक्ष भूमि त्रिपाठीद्वारा हस्ताक्षरित उक्त वक्तव्यमा एमालेका सम्पूर्ण नेता, कार्यकर्ता र इकाइहरूलाई यस्ता गतिविधिको जहाँजहाँ विरोध भइरहेको छ त्यहाँ तत्काल प्रतिवाद गर्न निर्देशन दिइएको छ।

पार्टीले सुरु गरेको ‘डिजिटल फोर्स’ अभियान पनि यही सन्दर्भमा जनसुरक्षा र राजनीतिक सचेतनाको संयोजनका रूपमा अघि बढाइने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0