धादिङ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला समिति धादिङले हालको सरकारले पार्टी र नेताहरूमाथि गरेको दमन, धरपकड तथा चरित्र हत्या गर्ने गतिविधिको कडा विरोध जनाएको छ । बिहीबार जिल्ला कमिटीका अध्यक्ष भूमि त्रिपाठीद्वारा जारी प्रेस वक्तव्यमा असंवैधानिक र अदृश्य शक्तिको आडमा बनेको सरकारले नेकपा (एमाले) का श्रद्धेय अध्यक्षलगायत नेताहरूमाथि बिना आधार प्रमाण कारबाही गरी आम जनतामा त्रास फैलाउने प्रयास गरिरहेको आरोप लगाइएको छ ।

वक्तव्यमा भनिएको छ, “अहिलको असंवैधानिक र अदृश्य शक्तिको आडमा बनेको सरकारले प्रतिपक्षी नेताहरूमाथि धरपकड, सामाजिक सञ्जालमा चरित्र हत्या र आम जनतामा डर त्रास सिर्जना गर्ने जस्ता गतिविधि गरिरहेको छ ।”

जिल्ला कमिटीले यस्ता असंवैधानिक गतिविधि तत्काल रोक्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै चेतावनी दिएको छ — “यदि यस्ता गतिविधि नरोके, नेकपा (एमाले) धादिङ कडा प्रतिवादका लागि सडकमा उत्रिनेछ र त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी अहिलेको सरकारले नै लिनुपर्नेछ।”

साथै, वक्तव्यमा नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी एकाइलाई जहाँ जहाँ असंवैधानिक र प्रतिगामी गतिविधि भइरहेकै छन्, त्यहीँ प्रतिवादमा उत्रिन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0