AI Generate Photo

काठमाडौं, मंसिर २७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)को आगमन टनेल गेट क्षेत्रबाट करिब १ किलो ३ सय ५० ग्राम लागुऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

बुधबार राति नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका भारतका २२ वर्षीय VISHAL KUMARलाई विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँचका क्रममा नियन्त्रणमा लिएको हो।

उनको लगेज चेकजाँच गर्दा उक्त शंकास्पद पदार्थ फेला परेपछि कुमारलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन लागूऔषध नियन्त्रण ब्यूरोमा बुझाइएको अधिकारीहरूले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0