काठमाडौ ।  नेपाल मगर संघ बागमती प्रदेश समितिको तेस्रो अधिवेशन भक्तपुरको पुरानो ठिमीमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले खेम जर्गा मगरको अध्यक्षतामा ३२ सदस्यीय नयाँ प्रदेश समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित समितिको उपाध्यक्ष पदमा ईश्वर पल्लि थापा मगर, देव व सारू मगर र भद्रिका थापा मगर चयन भएका छन् भने सचिव पदमा रामकृष्ण थापा मगर निर्विरोध निर्वाचित भएका छन्।
अधिवेशनको उद्घाटन सत्रमा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेशका निरीक्षक रक्षा रैका मगर तथा नेपाल मगर संघका उपमहासचिव एकु थापा मगरलगायतको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा मगर समुदायको पहिचान, भाषा, संस्कृति संरक्षण तथा संगठन सुदृढीकरणमा जोड दिँदै आगामी दिनमा बागमती प्रदेशमा संघलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष खेम जर्गा मगरले व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0