Screenshot

धादिङ, पौष २२ ,२०८२

धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–१ बैरेनीस्थित थोपल खोलामा एक पुरुषको शव फेला परेको छ। शव स्थानीय ४० वर्षीय नन्दबहादुर नेपालीको रहेको प्रहरीले पुष्टि गरेको छ।

स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालयबाट खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको हो।

प्रहरीका अनुसार घटनाबारे शंकाको आधारमा सात जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले सबै पक्षबाट अनुसन्धान तीव्र बनाइएको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि धादिङ जिल्ला अस्पताल पठाइएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण स्पष्ट हुने प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0