धादिङ — धादिङको राजनीतिक वृत्तमा अप्रत्याशित घटनाक्रम देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य तथा गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष डा. सीता ढुंगाना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि जिल्लाको कम्युनिष्ट राजनीतिमा झड्का लागेको छ।
ढुंगानाको यो कदमलाई नेकपाका लागि राजनीतिक धक्का र रास्वपाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। एक साताअघि सामाजिक सञ्जालमा उनले “सिधा बाटोमा हिँडिरहेको गाडी मोड आएपछि मोड्न सकिएन भने दुर्घटना हुन्छ” भन्ने सन्देश सार्वजनिक गरेकी थिइन्, जसलाई अहिलेको राजनीतिक निर्णयसँग जोडेर व्याख्या गरिएको छ।
डा. ढुंगाना २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट गजुरी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। त्यसपछि उनी नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्यसमेत रहिन्।
पछिल्लो समय माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिष्ट घटक मिलेर बनेको नेकपामा केन्द्रीय सदस्यका रूपमा सक्रिय रहेकी ढुंगानाले रास्वपा रोजेपछि धादिङ जिल्लाको राजनीतिक समीकरणमा प्रभाव पर्ने आँकलन गरिएको छ।
उनको पार्टी परिवर्तनले आगामी निर्वाचन, संगठन विस्तार र दलगत शक्ति सन्तुलनमा कस्तो असर पार्नेछ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ।
नेकपा धादिङमा झड्का : केन्द्रीय सदस्य डा. सीता ढुंगाना रास्वपामा प्रवेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






