धादिङ, जेठ १३।
विश्वास सिलवाल
जिल्ला समन्वय समिति धादिङको आयोजनामा “बहुक्षेत्रीय पोषण कार्यक्रम” सम्पन्न भएको छ। जि.स.स. सभाहल, धादिङमा आयोजित कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा जिल्लाभित्र सञ्चालन भइरहेका पोषणसम्बन्धी गतिविधिहरूको समीक्षा गरिएको थियो। सो अवसरमा जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले जिल्लाको समग्र पोषण अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। साथै ज्वालामुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले आफ्नो पालिकाको पोषण अवस्थाबारे जानकारी गराउनुभएको थियो।
त्यसैगरी धादिङ जिल्लाभित्र रहेका सम्पूर्ण स्थानीय तहका प्रतिनिधिहरूले आ–आफ्नो पालिकाको पोषण अवस्था, चुनौती तथा भइरहेका गतिविधिबारे जानकारी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा मातृ तथा बाल पोषण सुधार, स्वास्थ्य सचेतना अभिवृद्धि तथा समुदायस्तरमा प्रभावकारी सेवा प्रवाहका विषयमा विस्तृत छलफल गरिएको थियो।
सहभागीहरूले बहुक्षेत्रीय समन्वयमार्फत पोषण सुधार कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। कार्यक्रमले जिल्लामा पोषणसम्बन्धी अभियानलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
जिल्ला समन्वय समिति धादिङको आयोजनामा “बहुक्षेत्रीय पोषण कार्यक्रम”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






