धादिङ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा ८३ हजार ५२३ जना अर्थात ६४.६९ प्रतिशत परीक्षार्थी उर्तिण भएका छन् । परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी भएका थिए ।
५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्म जीपीए प्राप्त गरेका छन् । १६ हजार ४६७ जनाले २.८० देखि ३.२०, १४ हजार ३६२ जनाले २.०० देखि २.४०, १ हजार १९५ जनाले ३.२० देखि ३.६०, ४५ जनाले १.६० देखि २.०० र १६ जनाले ३.६० देखि ४.०० जीपीए ल्याएका छन् ।
ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने छ । नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ ।






