काठमाडौं , २०८३ साउन ५

सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्रा.डा. जितेन्द्र परियारलाई  हिजो सोमबार नियुक्त गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासनसँग सम्बन्धित निर्णयअनुसार सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो। मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै नियुक्ति निर्णय सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार कार्यकारी निर्देशक पदका लागि २०८३ असार ५ गते आवेदन आह्वान गरिएको थियो। आवेदन दिएका उम्मेदवारहरूको मूल्याङ्कनपछि सिफारिस समितिले २०८३ साउन ३ गते प्रा.डा. परियारलाई योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेको थियो।

सिफारिस समितिको उक्त सिफारिस र निजामती कर्मचारी अस्पताल विकास समितिको २०८३ साउन ४ गतेको निर्णयका आधारमा सरकारद्वारा परियारलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

लामो समयदेखि रिक्त रहेको अस्पतालको नेतृत्वमा नयाँ कार्यकारी निर्देशक नियुक्त भएसँगै अस्पतालको प्रशासनिक तथा सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0