नेकपा एमाले धादिङको जिल्ला अधिवेशनमा पत्रकार माथि भएको दुव्यवहार प्रति नेपाल पत्रकार महासंघ धादिङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा नयाँ पत्रिका दैनिक र रेडियो धादिङका सम्वादाता अर्जुन कुमार श्रेष्ठ माथि नेकपा एमाले जिल्ला कमिटि धादिङको नवौ जिल्ला अधिवेशनको समाचार संकलन गर्ने क्रममा केहि व्यक्तिहरुबाट अपशव्द बोली, गाली गलौज तथा दुव्र्यव्हार गरेको घटना प्रति नेपाल पत्रकार महासंघ धादिङले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
नागरिकलाई सुचनाको हक प्रत्याभुत गर्न समाचार संकलन गर्ने र प्रशारण गर्ने कार्य कसैले पनि पत्रकारलाई रोक लगाउनु, अभद्र व्यवहार तथा गालि गलौज गर्नु कुनै पनि प्रकारले क्षम्य होइन विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित प्रसारित समाचारमा चित नबुझे वा गुनासो भए त्यस उपर कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुदा हुदै चरित्र हत्या हुने र आत्मासम्मानमा चोट पुग्ने किसिमले गाली गलौज गर्नु प्रेस स्वतन्त्रता विरोधि कार्य हो । पत्रकारलाई पेशाप्रति हतोत्साहि बनाउने यस्ता कृयाकलापको नेपाल पत्रकार महासंघ धादिङ घोर निन्दा र भत्सर्ना गर्दछ साथै यस घटनाको छानविन गरी दोषी माथि कानुनी कारवाहि गर्न र अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान तथा ग्यारेन्टि गर्न सम्बधित पक्षसंग आग्रह गर्दछु । अबका दिनमा पत्रकारको मर्यादा पेशा प्रति सम्मान गर्न सचेत गराउदै पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा समाचार संकलन, प्रकाशन प्रशारण गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसंग यस शाखा माग पनि गर्दछ ।
शनिवार नेकपा एमाले धादिङको जिल्ला अधिवेशनमा समाचार संकलन गर्न एमाले पार्टी कार्यालय मदनआश्रित भवन पुगेका नयाँ पत्रिका राष्ट्रिय दैनिकका धादिङ संवाददाता अर्जुन श्रेष्ठ माथि एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका थिए ।






