नेपाल मानव अधिकार संगठन केन्द्रीय समितिकाे १५ अाै राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ । लुम्बिनी प्रदेशकाे पाल्पा जिल्ला तानसेन नगरपालिकाकाे सभाहलमा यहि माघ २९ गते सम्पन्न भएकाे हाे ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य ठाकुर गैरे, मानव अधिकारवादि नेताहरू प्रा डा कपिल श्रेष्ठ , पुर्व अध्यक्ष सुदिप पाठक, तानसेन नगरपालिकाका मेयर            लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

नेपाल मानव अधिकार संगठन (HURON) को १५ औं राष्ट्रिय सम्मलेनबाट केन्द्रीय अध्यक्षमा श्री इन्द्र प्रसाद अर्याल निर्वाचित हुनुभयाे । त्यसै गरि कोशी प्रदेश संयोजकमा -श्री हिरा निरौला, मधेस प्रदेश संयोजकमा -श्री बिमल ठाकुर , बागमती प्रदेश संयोजकमा- श्री राजु सिग्देल, गण्डकी प्रदेश संयोजकमा -श्री लक्ष्मी जि.सी., लुम्बिनी प्रदेश संयोजकमा- श्री त्रिलोचन ढकाल,  कर्णाली प्रदेश संयोजकमा श्री लिला राज रोकाया र सुदुर पश्चिम प्रदेश संयोजकमा- श्री दिनेशराज जैशी निर्वाचित हुनुभयाे ।  नेपाल मानव अधिकार संगठन (HURON) काे केन्द्रीय निवर्तमान अध्यक्ष महामुनिश्वर आचार्यकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा धादिङ लगायत देश भरिका जिल्लाहरूवाट प्रतिनिधिहरू पाल्पा पुगेका थिए ।

नेपाल मानव अधिकार संगठन धादिङको शाखाकाे तर्फबाट सभापति कृष्णराज अधिकारी , सचिव ईश्वर थापा मगर र काेषाध्यक्ष कृष्ण कहादुर पाैडेल (बद्रि)काे प्रतिनिधित्व गर्नु भएकाे थियाे । बन्दसत्रकाे कार्यक्रममा नेपाल मानव अधिकार संगठन धादिङकाे प्रगति प्रतिवेदन संस्थाका सभापति कृष्णराज अधिकारीले प्रस्तुत गर्नुभयाे ।

२०५४ सालमा धादिङ जिल्लामा स्थापित संस्थाले जिल्ला भित्र भएकाे मानव अधिकार हननका घटनामा सधै अग्रणि भुमिका निर्वाह गरेकाे , द्वन्दकालमा तत्कालिन बिद्राेहि पक्ष माओवादी र शाहि नेपाली सेना बिच समन्वयकारी भुमिका खेलेकाे वताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0