धादिंङ – भाईरल हुने र भ्युज बढाउने नाममा ख्यातिप्राप्त कलाकार समेत साँस्कृतिक बिकृतितिर अग्रसर हुनेगरेको प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताउनु भएको छ ।
धादिङको वेनीघाट रोराङ गाउँपालिका चरौदीमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल द्धारा आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटनगर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
भाईरल हुनु र लोकप्रिय एवं जनप्रिय हुनु एउटै कुरा होईन् । भाईरलको अर्थ संक्रामक प्रचार हो । भाईरसको जसरी नराम्रो हुन्छ भाईरलको अर्थ पोजेटिभ हैन नेगेटिभ हो भनि बुझ्नु पर्छ दाहालले भन्नुभयो ।
हिजो क्रान्तिको बेलामा पनि अहिले शान्तिको बेलामा पनि आफुले असाध्यै महत्वदिने क्षेत्र लोक संस्कृतिको क्षेत्र नै हो भन्दै आफु हाईस्कुलमा पढ्दै गर्दा कलाकार बन्ने सपना देखेको र आफ्नो लेखमा पनि काँही नकाँही देखिने गरेको बताउनु भयो ।
सबै नेपालीहरूमा राष्ट्रियता र नेपाली मौलिकताको भावना जगाउन क्रियाशील हुनुपर्ने उल्लेख गर्दै उहाँले आफ्नो उद्देश्यमा प्रतिष्ठान एकताबद्ध प्रयासका साथ अग्रसर हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकटेल, विभिन्न गाउँपालिकाका प्रमुख, आमा समूह, पत्रकार , राजनैतिक दलका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
आजबाट सुरु भयको ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता फागुन ८ गते समापन हुने छ ।






