सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको १० औं स्थापना दिवसको अवसरमा गुणस्तरीय शिक्षाका विद्यालय व्यवस्थापन समितिको भुमिका सम्बन्धि बागमती प्रदेश स्तरीय अन्तरक्रिया काठमाडौंमा सम्पन्न भएको छ । चैत्र १८ गते सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा सम्पन्न भएको “हामी सुधार्छौं हाम्रो विद्यालय” राष्ट्रिय अभियान अन्तरगत उक्त अन्तरक्रिया कार्यक्रम सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, बागमती प्रदेशका अध्यक्ष भाग्यश्री लामाको अध्यक्षतामा भएको थियो भने संचालन महासचिव श्याम बहादुर मगरातीले गर्नुभएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष गेल्मु शेर्पा बुढाथोकीले राख्नुभएको थियो भने कार्यक्रमको औचित्य तथा उद्देश्यको विषयमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल काठमाडौं जिल्लाका संयोजक शिव प्रसाद खनालले जानकारी दिनुभएको थियो । कार्यक्रम सफलताको लागि सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष गुणराज मोक्तानले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रमकै क्रममा त्रिभुवन विश्वविद्यालयका सहनिर्देशक डाक्टर रविन्द्र शिवाकोटीले विद्यालय व्यवस्थापन समितिको इतिहास, गठन प्रक्रिया, गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समितिको भुमिकाको सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुतीपछि ककनी गाउँपालिका नुवाकोटका शिक्षा शाखा प्रतिनिधि शंकरप्रसाद लोहनी, शुभलक्षण साप्ताहिक पत्रिकाका प्रधान सम्पादक श्यामराज पाठक, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका जिल्ला अध्यक्ष एवं संयोजक लगायत सरोकारवालाहरुले शिक्षाको गुणस्तर सुधारमा विद्यालय व्यवस्थापन समितिलाई भएको समस्या तथा चुनौतिको विषयमा जानकारी गरेका थिए ।






