नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङको सातौ वार्षिक साधारण सभा धादिङवेसीमा सम्पन्न भएकाे छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङको सातौ वार्षिक साधारण सभाले मुटु जाँच परिक्षण जिल्ला भर संचालन गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा आज सम्पन्न सभामा सम्वोन गर्दै प्रमुख अतिथि अधिकारीले धादिङ जिल्लाभरका विद्यालयहरुमा मुटु परिक्षण गर्ने कार्यक्रम संचालन गर्न १३ वटै स्थानिय निकायलाई समन्वय गर्ने र प्रतिषठानले सहयोग गर्नु पर्ने कुरामा प्रतिवद्धता जनाउनु भएको हो भने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पुरुषोतम घिमिरेले पनि नगरपालिका भित्र मुटु रोगको बारेमा सचेतना जगाउने र परिक्षण शिविर संचालन गर्न नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्लाशाखा धादिङसंग विगतमा पनि सहकार्य भएको र आगामी दिनमा प्याकेजनै बनाएर कार्यक्रमलाई निरन्तरता दिने वताउनु भयो।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङले आ.व. ०७९/८० को कार्य प्रगति तथा रु . ४८६२३९/९५ को आम्दानी खर्चको विवरण शाखाका अध्यक्ष राजकुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको छ। शाखाले रिमेटिक हर्ट भएकालाई हरेक २१ दिनमा लगाउनु पर्ने भ्याक्सिन निःशुल्क प्रदान गर्ने, समुदायमा रक्त चाप र सुगर जाँच गर्ने, मुटु रोग सम्वन्धी जानकारी मुलक पुस्तक तथा सामग्रीहरु वितरण गर्र्ने, निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने जस्ता कार्यक्रमहरु गरेको छ भने धादिङ अस्पताललाई ECG मेशिन प्रदान गरिएको समेत सम्मेत प्रतिवेदनमा उल्लेख छ ।

नीलकण्ठ नगरपालिका वडा नं. २ को महेन्द्र मा.वि . मा फागुन ७ गते आँखा, दाँत र मुटु परिक्षण गराउन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरि ४९४ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो भने २०८० चैत्र १० गते प्राथमिक स्वास्थ्य केन्द्र त्रिपुरासुन्दरी गापा वडा नं. २ सल्यान्टारमा निशुल्क मुटु जाँच शिविरमा ३३४ जनाको स्वास्थ्य परिक्षण गरिएको आधार साना वाल वालिकाहरुको मुटु वचाउन विद्यालय स्तरमा स्क्रिनिङ तथा सचेतना कार्यक्रम संगसंगै लैजानु पर्नेमा जोड दिनु पर्ने अध्यक्ष श्रेष्ठले वताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले मानव मुटु वचाउन नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङ लागिरहेको र अझै ग्रामिण भेगसम्म जानको लागि सुझाव दिनुभएको थियो भने नेकपा माओवादी केन्द्रका नेता तथा स्थानिय समाज सेवी रामबहादुर भण्डारीले चैत्र १० गते सल्यानटारमा भएको निःशुल्क शिविरबाट मुटुका विरामीले स्थानिय स्तरमै सेवा पाएकोले यस्ता कार्यक्रमहरु संचालन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0