बद्री पौडेल  , पर्वत  कुष्मा । अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो डिष्ट्रिक क्याविनेट मिटिङ शनिबार पर्वतको कुश्मामा सम्पन्न भएको छ ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको अध्यक्षता राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यता, राष्ट्रीय सभा सदस्य माननीय मनरूपा शर्मा , लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालको बिशेष उपस्थितिमा सम्पन्न मिटिंगमा निवर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, मन बहादुर रोका, इन्दु लम्साल लगाएत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

शुक्रवार र शनिवार गरी दुई दिनसम्म संचालन भएको मिटिङमा क्लबका सम्पादन गरेको कामका आधारमा विभिन्न क्लबका अध्यक्षलगाएत डिष्ट्रिक्टको क्याविनेटमा रहेका नेताहरुलाई सम्मान गरिएको थियो ।

पर्वतमा क्रियाशील ४ वटा लायन्स क्लबहरुको संयुक्त व्यवस्थापनमा सम्पन्न मिटिङको लागि डिष्ट्रिक्ट को–अर्डिनेटर अर्जुन पौडेल’निर्जन’ लाई मूल आयोजक समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो भने लायन्स क्लब अफ पर्वत गुप्तेश्वर, पर्वत भूमेकोट, पर्वत गुप्तेश्वर मोदी र पर्वत सारथीको संयुक्त आयोजनामा स्थानीय व्यवस्थापन मिलाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0