ईश्वर थापा मगर
धादिङ । ३ माघ – माघे संक्रान्तिको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर १ जामुनेमा माघे संक्रान्ति विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

विहिबार सिर्जनशील आमा समुहका अध्यक्ष सुनिता मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै नीलकण्ठ नगरपालिका सामाजिक विकास शाखा प्रमुख मञ्जु थापा मगर, वडा नम्बर १का वडा अध्यक्ष गणेश बहादुर गुरुङ, राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका अध्यक्ष रिता थापा मगर नेपाल मगर संघ वागमती प्रदेश समितिका संगठन सचिव ईश्वर थापा मगर नेपाल मगर संघ धादिङका पुर्व बरिष्ठ उपाध्यक्ष भाेज वहादुर थापा मगर नेपाल मगर संघ नीलकण्ठ नगर समितिका उपाध्यक्ष तेज थापा मगर लगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बिशेष अतिथि नेपाल मगर संघ वागमती प्रदेश समितिका संगठन सचिव ईश्वर थापा मगरले माघि पर्व मगरहरुको बिशेष पर्व भएकोले देश तथा बिदेशमा समेत हर्षउल्लासका साथ मनाउने गरेको वताउनु भयो । त्यस्तै प्रमुख अतिथि दिपक विश्वकर्माले महिलाको सशक्तिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै महिलाको क्षमता अभिबृद्धि, विभिन्न सिपमुलक तालिमहरु प्रदान गर्दै आइरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा मगरले आफ्नो साँस्कृतिक प्रस्तुति समेत दिनुभएको थियो ।

विभिन्न संघ तथा व्यक्तिहरूले व्यक्तिगत हिसाबमा पनि आमा समूहलाई आर्थिक सहयोग समेत गर्नुभएको नेपाल मगर विद्याथि संघ धादिङका उपाध्यक्ष कैलाश मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा जनप्रतिनिधीहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु,सरोकारवाला संघसंस्थाहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0