धादिङ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले आयोजना गरेको बागमती प्रदेश  स्तरिय खुल्ला लघुकथा प्रतियोगीताकाे पुरस्कार वितरण कार्यक्रम  सम्पन्न भएकाे छ ।

शनिवार धादिङवेशीमा आयाेजित कार्यक्रममा दोलखाका टिकाराम पोखरेलको लघुकथा ‘डोजर र मान्छे’ शिर्षककाे लघुकथा प्रथम भएको छ ।

ललितपुरका अजय रिसालको प्रेमकी देवी शिर्षकको लघु कथा दोस्रो, काठमाण्डौंका धन्वन्तरी मिश्रको विकृत प्रदुषण तेस्रो र गंगा खड्काको गरिमा लघुकथा सान्तत्वना भएको छ । विजयी लघुकथाका लेखकहरुलाई क्रमश नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको छ ।

धादिङबेसीमा वैदिक परम्परामा मीमांस दर्शनको समकालिन सान्दर्भिकता विषयक विद्धत गोष्ठीमा विजयी लेखकहरुलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा काठमाडौं विश्व विद्यालयका भाषा तथा आमसञ्चार विभाग प्रमुख डाक्टर निर्मलमणी अधिकारीले वैदिक परम्परामा मीमांस दर्शनको समकालिन सान्दर्भिकता विषयमा अभिमुखीकरण गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0