काठमान्डौ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ।
चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो ।
स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिइन्। सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश थिइन्।
सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ वि सं. २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन्। उनी अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत थिइन्।
उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिँदैछ।






