धादिङ । धादिङको नीलकण्ठ क्याम्पसमा भोलि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नहुने भएको छ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागी तोकीएको समितिका संयोजक डा. मुरारी अधिकारीले राजीनामा दिएपछि स्ववियु  निर्वाचन नहुने पक्का भएको हो।

यसअघि, क्याम्पस सञ्चालक समितिबाट गठित निर्वाचन समिति मार्फत २०८१ साल चैत्र ५ गते स्ववियु निर्वाचनको तयारी भइरहेकै समयमा निर्वाचन संयोजक अधिकारीले माघ २८ गते राजीनामा दिएका थिए। निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा उत्पन्न असहज परिस्थितिका कारण उनले संयोजक पद त्यागेको उल्लेख गरेका थिए।

नीलकण्ठ वहुमुखी क्याम्पसमा आउदै गरेको स्ववियु निर्वाचनको सन्दर्भमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त प्यानलले चुनावमा विजय हासिल गर्ने निश्चित भएको परिप्रेक्ष्यमा हालको नेविसंघको आन्तरिक विवाद देखाई चुनाव प्रक्रियामा अवरोध पुर्याएकोले यही चैत्र ५ गते निर्वाचन नभए आफुहरु अरुको अनुकुलतामा स्ववियु निर्वाचनमा सहभागि नहुने अनेरास्ववियू (क्रान्तिकारी) , धादिङका अध्यक्ष श्रीकृष्ण रिजालले वताउनुभयो ।

नेपाली काँग्रेसको अन्तरिक विवादका कारण नेवि संघ धादिङमा दुई समानान्तर संगठन रहेको र दुबै पक्षले आफुहरु नै आधिकारिक हौ भनि दावा गरिरहेको छ । नेवि संघ विवादकै कारण नीलकण्ठ क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन नहुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0