काठमान्डौ ।  धादिङको समग्र विकासको लागि सरोकारवालाहरु बीच वहसको सहजिकरण गर्दै आएको लोकतान्त्रिक पेशागत वुद्धिजिवी सञ्जाल, धादिङले आजबैशाख २ गते काठमाडौंमा धादिङ विकासको अवधारणा–पत्रमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला विकासका साझा सवाल, साझा प्राथमिकता र साझा ऐक्यवद्धताका लागि मिति २०८१/१२/३० मा आयोजित कार्यशालामा भएको बृहत् छलफलको निचोडको रुपमा विकासको अवधारणा–पत्रमा सम्वन्धित पक्षको सहमती र ऐक्यवद्धताको लागि उक्त कार्यक्रम आयोजना गरिएको वुद्धिजिवी सञ्जालले जनाएको छ ।

उक्त अवधारणा–पत्र घोषणा कार्यक्रममा धादिङको भौतिक पुर्वाधार तथा वस्ती विकास, स्वास्थ्य खानेपानी र सरसफाई, शिक्षा र आर्थिक विकासको क्षेत्रमा कार्यशालामा प्रस्तुत भएका कार्यपत्रहरुवाट आएका वुंदाहरुमा छलफल गरिएको थियो ।

सो छलफलमा सहभागि हुँदै नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय रामनाथ अधिकारी, पूर्वमन्त्रीत था सासदहरु वुद्धिमान तामाङ, राजेन्द्र प्रसाद पाण्डे र डि.पी. अर्याल, संविधान सभा सदस्य गुरु प्रसाद वुर्लाकोटी, वागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री माननीय मधु कुमार श्रेष्ठ, सांसद बिना लामा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पुष्पराज कंडेल, त्रिभुवन विश्वविद्यालय बन विज्ञान अध्ययन संस्थाका डिन डा. ठाकुर सिलवाल, धादिङ जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, गंगा जमुना गाउँपालिका अध्यक्ष भक्त वहादुर लामा, सामाजिक अभियानकर्ता वोधनारायण श्रेष्ठ तथा ध्रुवचन्द्र गौतमले जिल्ला विकासको अवधारणा–पत्रमा आ–आफ्ना धारणाहरु राख्नु भयो ।

राष्ट्रिय गौरवको वुढिगण्डकी परियोजना तथा पर्यटकिय र आर्थिक विकासका दृष्टिले महत्वपुर्ण सडकहरु : मलेखु–भण्डार–ठोरी, भिमढुंगा–लामिडाँडा, धादिङवेसी–तिप्लिङ–सोङ्दाङ, पृथ्वी राजमार्गको समानान्तर राजमार्ग तथा मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गलाई धादिङ जिल्लाको दीर्घकालिन विकासको अवधारणामा समेट्नु पर्नेमा जोड दिनु भयो । यसैगरी खनिज तथा बनपैदावरको उत्खनन्, उत्पादन तथा उपयोगवाट पनि धादिङ जिल्लाले विकासको फड्को मार्न सक्नेमा सहभागी वक्ताहरुले चर्चा गर्नु भयो । शिक्षा, स्वास्थ्य,खानेपानी, सरसफाईलाई विकासको आधरभुत तत्वको रुपमा चर्चा गर्दै उहाँहरुले कृषि, पर्यटन र प्रविधिको विकासमा ध्यान दिनु पर्ने वताउनु भयो । साथै उहाँहरुले छलफलमा उठेका विषयहरुलाई पूनः समेटेर धादिङ विकासको अवधारणा–पत्रमा साझा प्रतिवद्धता जनाउने पनि बताउनु भयो ।

सहभागिहरुले धादिङको विकासका सवालमा लोकतान्त्रिक पेशागत तथा बुद्धिजिवी सञ्जालको सकृयता र तदारुकताको प्रशंसा गर्दै सञ्जाल आफैले नेतृत्वगर्ने नभइविकासका एजेण्डाहरुमा वैद्धिक वहस गरि साझा ऐक्यवद्धताको लागि सहजकर्ताको भुमिका निर्वाह गर्न आग्रह गर्नु भयो । सञ्जालका अध्यक्ष डा. कृष्णमान शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष डा. प्रताप छत्कुलिले अवधारणा–पत्रको सम्वन्धमा संक्षिप्त जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव निरन्जन श्रेष्ठले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0