धादिङ — नेपाल निजामति कर्मचारी युनियन दिवसको अवसरमा नेपाल निजामति कर्मचारी युनियन, जिल्ला शाखा धादिङले विशेष सामाजिक कार्यक्रम सम्पन्न गरेको छ।

निलकण्ठ नगरपालिका–३, शान्तिटारस्थित नमुना बौद्धिक अपांगता विशेष आधारभूत विद्यालयमा खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण गरीएको युनियनका सचिव विष्णु प्रसाद अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई सहयोग पु¥याइएको र यसले विद्यालयलाई थप प्रोत्साहन मिल्ने युनियनले जनाएको छ। कार्यक्रममा सहकार्य र सहयोग गर्ने सबैप्रति नेपाल निजामति कर्मचारी युनियन, जिल्ला शाखा धादिङले हार्दिक आभार व्यक्त गरेको छ।

राष्ट्रसेवक कर्मचारीहरूको उन्नति, प्रगति र सफलताका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने अर्याले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0