धादिङ । नेपाल तरुण दल धादिङ क्षेत्र नं. २ (प्रदेश ‘क’) को पाँचौँ प्रदेश अधिवेशनबाट कुमार विश्वकर्मा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। अधिवेशन शनिबार धादिङबेसीस्थित नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको हो।

अधिवेशनको उद्घाटन नेपाली काँग्रेस धादिङका सभापति एवम् कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले गर्नुभयो। कार्यक्रममा बागमती प्रदेशका आन्तरिक तथा कानुन मन्त्री शिवराज अधिकारी, नेपाली काँग्रेस धादिङका पूर्व जिल्ला सभापति रमेश धमला, नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङगाना लगायत नेताहरूको आतिथ्यता रहेको थियो।

सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका विश्वकर्मासहित अन्य पदाधिकारी तथा सदस्यहरू पनि चयन गरिएको अधिवेशन आयोजक समितिले जनाएको छ।

नव निर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै विभिन्न वक्ताहरूले उनीहरूको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0