चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा पुनः पहिरो खसेको छ । शनिबार दिउँसो केहीबेर अघि खसेको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए ।
डिभिजन सडक कार्यालय भरतपुरको मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिएको छ । डिएसपी खनालका अनुसार पहिरो पन्छाउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ ।
बारम्बार पहिरो खस्ने खण्ड भएकाले यात्रुहरूलाई अनावश्यक जोखिम नलिन र धैर्यपूर्वक प्रतीक्षा गर्न प्रहरीले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






