काठमान्डौ , २६ मंसिर २०८२, प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन्। यसअघि तीन पटकसम्म विस्तार भइसकेको मन्त्रिपरिषद्लाई चौथोपटक थप गर्ने तयारी अन्तिम चरणमा पुगेको शीतल निवास स्रोतले जनाएको छ।
आज थप चार जनालाई मन्त्रीमा समावेश गर्ने सरकारको तयारी छ। स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्र सिंह भण्डारी र कुमार इङ्नामलाई नयाँ मन्त्रीका रूपमा नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






