ईश्वर थापा मगर
धादिङ, ९ पौष २०८२ — नीलकण्ठ नगरपालिका–८ मा रहेको स्वाबलम्बी बहिरा आधारभूत विद्यालयलाई शितल छहारी नेपालले ८ थान सीसी क्यामेरा र बिद्यार्थीहरूका लागि २ थान रिडिङ टेवल प्रदान गरेको छ। विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीको विशेष मागका आधारमा कोईन संस्थाको आर्थिक सहयोगमा क्यामेरा टेबल उपलब्ध गराइएको शितल छहारी नेपालका अध्यक्ष कृष्णबहादुर पौेडेलले जानकारी दिए।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरू समयमा–समयमा कक्षा बाहिर निस्कने र अन्य गतिविधिहरू हुने भएकाले निगरानीका लागि सीसी क्यामेरा अत्यावश्यक रहेको प्रधानाध्यापक अधिकारीले बताए। उनका अनुसार यसले विद्यालयको सुरक्षा व्यवस्था सुदृढ गर्ने मात्र होइन, विद्यार्थीहरूको अनुशासन र क्रियाकलापको समुचित निगरानीमा पनि सहयोग पुग्नेछ।

शितल छहारी नेपालले काेईन संस्थाकाे साझेदारीमा नयाँ बर्षकाे सुरूवातसंगै बिद्यालयकाे मागकाे आधारमा सहयाेग गर्दैजाने अध्यक्ष पौडेलले बताउनुभयाे । साथै उक्त्त कार्यक्रमा नेपाल मानव अहिकार सङ्गठन का सभापति कृष्णराज अदिकारी , लायन्स क्लब अफ धादिङ भैरबीका अध्यक्ष बद्री अधिकारी , लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्ष महेश रिजाल , शितल छहारीका सचिव अ्मित पौडेल लगायतको उपस्थिति रहेको थियो ।
शितल छहारी नेपालले यसअघि पनि उक्त विद्यालयलाई विभिन्न सामग्री र कार्यक्रममार्फत निरन्तर सहयोग गर्दै आएको छ। संस्था पक्षले आगामी दिनमा पनि आवश्यकताका आधारमा सहयोग जारी रहने प्रतिबद्धता जनाएको छ।






