अपाङगता पुनस्थापन समाज धादिङको आयोजना र नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङका अपाङगता भएका व्यक्तिहरुलार्इ २ दिने लोकल कुखुरा पालन तालिम सम्पन्न भएको छ ।
समुदायमा आधारित पुनस्थापना कार्यक्रम (CBR) अन्तगत सञ्चालित तालिममा लोकल कुखुराको चल्ला समेत वितरण गरिएको थियो । यस कार्यक्रम माफत अपाङगता भएको व्यक्तिहरुको आय आर्जनमा सहयोग पुग्ने हेतुले आयोजित कार्यक्रममा ६५ जना अपाङगता भएको किसानहरु सहभागि भएका थिए ।
अपाङगता पुनस्थापन समाज धादिङका अध्यक्ष लक्ष्मण पण्डित, प्रमुख अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरूषाेत्तम सुवेदी, राष्ट्रिय अपांग महासङ्ग बागमती विशेष अतिथि प्रदेशका अध्यक्ष अस्विन लम्साल अतिथिहरूमा नगरपालिकाका कर्मचारी उर्मिला थपलिया, निर्मला के सी , हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालक सस्थाका काेषाध्यक्ष गर्भेबहादुर मिझारले गर्नुभएकाे थियाे






