काठमाडौं, भदौ २४ –
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीको सचिवालयले सोमबार दिउँसो ओलीले राजीनामा दिएको पुष्टि गरेको हो।

गत भदौ २३ गते काठमाडौंमा जेन–जी आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको घटनापछि प्रधानमन्त्री ओलीमाथि तीव्र दबाब बढेको थियो। निरन्तर सडक आन्दोलन, विपक्षी दलको आक्रोश र सत्ता गठबन्धनभित्रै बढ्दो असन्तुष्टिका बीच आज उनले पद छाडेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0