काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हालै फेसबुकमा स्टाटस लेख्दै Gen Z पुस्ताको आन्दोलनप्रति समर्थन जनाएका छन् । उनले प्रधानमन्त्रीको राजीनामा आइसकेको भन्दै अब आन्दोलनमा सहभागी युवापुस्तालाई संयमित हुन आग्रह गरेका छन् ।

स्टाटसमा उनले भनेका छन्, “हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला !”

यस्तै उनले सेना प्रमुखसँग वार्ता गर्न समेत तयार रहन आग्रह गरेका छन् । तर, वार्तामा जानुअघि संसद् विघटन भएको हुनुपर्ने स्पष्ट सर्त पनि उनले उल्लेख गरेका छन् ।

मेयर शाहले आफ्नो स्टाटसमार्फत आन्दोलनलाई नयाँ दिशातर्फ लैजानुपर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0